पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका-३ स्थित माल्मुल क्षेत्रमा मंगलबार बिहान माथिबाट खसेको पहिरोले तानसेन-रिडी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको वर्षासँगै खसेको माटो, ढुंगा र रुखसहितको पहिरोले सडकका दुबै तर्फको सवारी आवागमन ठप्प भएको हो ।
स्थानीयबासीका अनुसार रातिदेखिको झरीका कारण सडकमा ठूलो पहिरो खस्दा यातायात सम्पर्क विच्छेद भएको हो । सडक अवरुद्ध हुँदा तानसेन, रिडी, गुल्मी तथा आसपासका क्षेत्र जोड्ने प्रमुख मार्ग पूर्ण रूपमा ठप्प बनेको छ । यात्रुहरू बीचमै रोकिएका छन् भने अति आवश्यक सेवाका साधनसमेत प्रभावित भएका छन् ।
सडक डिभिजन कार्यालय र स्थानीय निकायको सहकार्यमा पहिरो पन्छाउने प्रयास भइरहेको छ । तर, लगातारको वर्षाका कारण उद्धार तथा सरसफाइ कार्यमा कठिनाइ भइरहेको पाल्पा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



















प्रतिक्रिया