१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

नेप्से परिसूचक ४१ अङ्कले घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्स (नेप्से) परिसूचक ४१ दशमलव ७८ अङ्कले घटेर दुई हजार ८३३ दशमलव ५७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ४५ प्रतिशतको गिरावट हो ।

आजको कारोबारमा ३२५ कम्पनीको दुई करोड २२ लाख सात हजार १४२ कित्ता शेयर एक करोड ३० लाख ९५३ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ बराबरको कारोबार भएको छ ।

लघुवित्त समूह शून्य दशमलव ४४ र म्युचुअल फन्ड शून्य दशमलव १७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ एक दशमलव ०८, विकास बैंक दुई दशमलव ४६, वित्त एक दशमलव ८५, होटल तथा पर्यटन शून्य दशमलव ९९, जलविद्युत् एक दशमलव ७१ र जीवन बिमा एक दशमलव ४२ प्रतिशतले घटेको छ । त्यसैगरी उत्पादन तथा प्रशोधन एक दशमलव ६३, निर्जीवन बिमा एक दशमलव २०, व्यापार एक दशमलव ८५ र अन्य समूह दुई दशमलव ७६ प्रतिशतले घटेको छ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ४ : ०९ बजे

बारामा डिजेल ट्यांकर, ईभी र मोटरसाइकल ठोक्किँदा ९ जना घाइते

रौतहट । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा डिजेल बोकेको ट्यांकर, ईभी

देउवा समूहको कांग्रेस महाधिवेशन खुलामञ्चमा, मतदान राष्ट्रियसभा गृहमा हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ

पाँच दशमलव ४५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

गृह मन्त्रालयद्वारा एनप्याब्सन निलम्बित, निर्देशन उल्लंघन गरेको आरोप

काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे