१९ माघ २०८२, सोमबार | February 2, 2026

डिशहोमले सार्वजनिक गर्यो नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड



काठमाडौ । डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ । यसले एक्टिभ डिशहोमका ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्ने छ।

अब “माइ डिशहोम एप” मा उपलब्ध यो भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकहरूले नेपालभरका प्रमुख होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५५ सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

सुरुवाती चरणमा, १० उत्कृष्ट ब्रान्डका ३५ आउटलेटहरू प्रिभिलेज कार्ड नेटवर्कमा समावेश भएका छन्, जसले ग्राहकहरूलाई उत्कृष्ट अफरहरू उपलब्ध गराउँछन् ।

भर्चुअल प्रिभिलेज कार्डमार्फत, डिशहोमले इन्टरनेट र टेलिभिजन सेवाको अतिरिक्त ग्राहकहरूको जीवनशैलीमा अर्थपूर्ण योगदान पुर्‍याउने प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ” डिशहोमका सीईओ तारा मानन्धरले बताए।

डिशहोमले आगामी महिनाहरूमा १०० भन्दा बढी ब्रान्डहरूमा विस्तार गर्ने योजना बनाएको छ, जसअन्तर्गत अझ धेरै अफर र श्रेणीहरू समावेश गरिनेछ।

सक्रिय ग्राहकहरूले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड माइ डिशहोम एप प्रयोग गरी साझेदार आउटलेटहरूमा देखाएर छुट प्राप्त गर्न सक्नेछन्।

 

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ६ : २३ बजे

राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक

बढ्दो अतिक्रमण र प्रदूषणले सङ्कटमा सिमसार

काठमाडौं । ‘सिमसार र परम्परागत ज्ञानः सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने

बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार

बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन

पूर्वमन्त्री जितेन्द्र देवद्वारा नेकपा एमाले परित्याग

काठमाडौं । पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन्।

सुनको भाउ प्रतितोला १३ हजार ४०० ले घट्यो, ३ दिनमा ५२ हजार ७०० कम

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३