२२ भदौ २०८३, सोमबार | September 7, 2026

सप्तरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु



सप्तरी। सप्तरीमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ ।

प्रहरीले चलाएको गोली लागेर अन्दाजी ३६ वर्षीय स्थानीय लालु यादवको मृत्यु भएको हो ।

गोली लागेर घाइते भएका यादवलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो तर उपचारकै क्रममा उनको ‌मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति तस्करहरूले सिमापार तस्कर गरिरहेको भन्ने सुचनाको आधारमा गस्तीमा जाँदा स्थानीयहरूले ढुंगामुढा प्रहार गरेका थिए । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर यादवको मृत्यु भएको हो ।

बस्नेतले स्थिति नियन्त्रणमा लिन केही राउन्ड गोली चलाएको र तिघ्रामा गोली लागेका यादवको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको बताए । उनका अनुसार झडपमा एक जना प्रहरी पनि घाईते भएका छन् ।

सो झडपपछि भारततर्फ तस्करी गर्न लागेको केही कार्टुन मदिरा समेत नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ९ : २८ बजे

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि