१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

सीएनआईवाईएफ लुम्बिनीद्वारा लुम्बिनीद्वारा “हाइपर सो बजेट, मौद्रिक र आर्थिक नीति” बारे छलफल



बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीको आयोजनामा “हाइपर शो बजेट, मौद्रिक र आर्थिक नीति” विषयक एकदिने अन्तरक्रिया सम्पन्न भएको छ । युवा उद्यमीहरूका लागि नीति, बजेट र मौद्रिक व्यवस्थापन सम्बन्धी ज्ञान साझा गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले प्रदेशका उद्यमी तथा सरोकारवालाहरूको ध्यानाकर्षण गरेको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. दिल्ली राज अर्यालले विशेष मन्तव्य व्यक्त गर्दै बजेट तथा मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि योजना र रणनीतिमा समन्वय आवश्यक रहेको बताए । साथै, नेपाल राष्ट्र बैंकका निर्देशक जीवन प्रकाश पाण्डेले मौद्रिक नीतिका विभिन्न आयाम र त्यसले अर्थतन्त्रमा पार्ने प्रभावबारे जानकारी गराए ।

आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोखरेल, सिद्धार्थनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मी र आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत हरि बश्यालले कर र भन्सार नीतिको समसामयिक अवस्थाबारे चर्चा गरेका थिए ।

नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बाबुराम बोहोरा, रुपन्देही उद्योग सङ्घका कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद सापकोटा, लर्निङ चेयर सीएनआईवाईईएफ लुम्बिनीका विकास पाण्डे लगायतका उद्यमी र प्रतिनिधिहरूले कार्यक्रममा सहभागिता जनाएका थिए । स्वागत मन्तव्य विकास पाण्डेले दिएका थिए भने कार्यक्रमको अध्यक्षता लुम्बिनी मञ्चका अध्यक्ष राजन कसजुले गरेका थिए ।

कार्यक्रमले प्रदेशका युवा उद्यमीहरूलाई बजेट, मौद्रिक नीति र आर्थिक नीतिको ज्ञान प्रदान गर्दै उद्यमशीलता प्रवर्द्धनमा नयाँ दृष्टिकोण थपेको आयोजकहरूले बताएका छन् । यस प्रकारका कार्यक्रमहरूले प्रदेशको आर्थिक विकास र स्थानीय उद्यमशीलताको सशक्तिकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १ : ४२ बजे

पक्राउ परेका सबै पत्रकार रिहा : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

मुस्ताङ । प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा

चौतर्फी विरोधपछि गिरफ्तार पत्रकारलाई रिहा गर्न सरकार बाध्य, विश्वमणि सुवेदी रिहा

काठमाडौं । नेपाल प्रेसको समाचार कक्षबाटै पक्राउ परेका पत्रकार विश्वमणि

पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा