६ श्रावण २०८३, बुधबार | July 23, 2026

सीएनआईवाईएफ लुम्बिनीद्वारा लुम्बिनीद्वारा “हाइपर सो बजेट, मौद्रिक र आर्थिक नीति” बारे छलफल



बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीको आयोजनामा “हाइपर शो बजेट, मौद्रिक र आर्थिक नीति” विषयक एकदिने अन्तरक्रिया सम्पन्न भएको छ । युवा उद्यमीहरूका लागि नीति, बजेट र मौद्रिक व्यवस्थापन सम्बन्धी ज्ञान साझा गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले प्रदेशका उद्यमी तथा सरोकारवालाहरूको ध्यानाकर्षण गरेको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. दिल्ली राज अर्यालले विशेष मन्तव्य व्यक्त गर्दै बजेट तथा मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि योजना र रणनीतिमा समन्वय आवश्यक रहेको बताए । साथै, नेपाल राष्ट्र बैंकका निर्देशक जीवन प्रकाश पाण्डेले मौद्रिक नीतिका विभिन्न आयाम र त्यसले अर्थतन्त्रमा पार्ने प्रभावबारे जानकारी गराए ।

आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोखरेल, सिद्धार्थनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मी र आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत हरि बश्यालले कर र भन्सार नीतिको समसामयिक अवस्थाबारे चर्चा गरेका थिए ।

नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बाबुराम बोहोरा, रुपन्देही उद्योग सङ्घका कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद सापकोटा, लर्निङ चेयर सीएनआईवाईईएफ लुम्बिनीका विकास पाण्डे लगायतका उद्यमी र प्रतिनिधिहरूले कार्यक्रममा सहभागिता जनाएका थिए । स्वागत मन्तव्य विकास पाण्डेले दिएका थिए भने कार्यक्रमको अध्यक्षता लुम्बिनी मञ्चका अध्यक्ष राजन कसजुले गरेका थिए ।

कार्यक्रमले प्रदेशका युवा उद्यमीहरूलाई बजेट, मौद्रिक नीति र आर्थिक नीतिको ज्ञान प्रदान गर्दै उद्यमशीलता प्रवर्द्धनमा नयाँ दृष्टिकोण थपेको आयोजकहरूले बताएका छन् । यस प्रकारका कार्यक्रमहरूले प्रदेशको आर्थिक विकास र स्थानीय उद्यमशीलताको सशक्तिकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १ : ४२ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क