२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

वेपत्ता छोरा विपिनको खोजीमा छोरीसँगै आमा पद्मा जोशी इजरायल प्रस्थान



काठमाडौं । “बाबु फर्कन्छ भन्ने आशा मरेको छैन”, यही विश्वासको सहारामा विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायलतर्फ उडे। प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणपछि बेपत्ता रहेका विपिनको खोजीमा अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउन उनीहरू यात्रा थालेका हुन्।

नेपालस्थित इजरायली दूतावासको पहलमा उनीहरू फ्लाई दुबईको विमानमार्फत इजरायल प्रस्थान गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि इजरायली राजदूत शमुलिक यारी बास स्वयं उपस्थित भई आमा-छोरीलाई बिदाइ गरे।

इजरायलले विपिनको परिवारलाई संयुक्त राष्ट्र संघसम्म पुर्‍याई अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने तयारी गरेको छ। विमानस्थलमा बिदाइको क्षण निकै भावुक बनेको थियो। छोराको तस्बिर मनमा बोकेर आमा विमानस्थल प्रवेश गर्दा आँसु थाम्न सकिनन् । बहिनीको अनुहारमा पनि पीडाले गहिरो रेखा कोरेको देखिन्थ्यो।

‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन २०८० असोज २० गतेदेखि परिवारको सम्पर्कमा छैनन्। हमासद्वारा कब्जा गरिएका धेरै बन्दीहरू यसअघि नै रिहा भए पनि विपिनको अवस्था अझै अज्ञात छ। परिवारका लागि हरेक दिन प्रतीक्षाको पीडादायी घडी बनेको छ।

 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ९ : ३२ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,