७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपालगन्ज-दिल्ली सिधा हवाई उडानलाई भारत भ्रमणको एजेण्डा बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण



काठमाडौँ । नेपालगन्ज दिल्ली सिधा हवाई उडानलाई प्रधानमन्त्रीको भारत भ्रमणमा एजेण्डा बनाउन माग गर्दै काठमाडौं पुगेको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सो सम्बन्धमा ध्यानाकर्षण गराएका छन् ।

कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीहरु सहित त्यस क्षेत्रका जनप्रतिनिधिहरुको एक्यबद्धता सहित प्रधानमन्त्री ओलीलाई भेटेका प्रतिनिधि मण्डलका सदस्यहरुले नेपालगञ्ज–नयाँदिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण गराइएका हुन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा उनीहरुले नेपाल सरकारकै लगानीमा नेपालगन्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेको जानकारी गराउँदै नेपालगन्ज दिल्ली सिधा हवाई उडानले पश्चिम नेपालको ३२ जिल्लाको हवाई सुविधा र व्यावसायिक श्रीवृद्धिमा टेवा पुग्ने जनाए । उनीहरुले नेपालगन्ज्–नयाँ दिल्ली सिधा हवाई सेवा सञ्चालनको विषयलाई प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा बनाउन प्रधानमन्त्री समक्ष आग्रह गरे ।

भेटका अवसरमा प्रतिनिधि मण्डलले लुम्बिनी, कर्णाली र सुदुपश्चिमका साँसदहरु, स्थानीयतहका प्रमुखहरु, उद्यागी व्यवसायीहरुसहित बिज्ञहरुबाट प्राप्त सुझावका आधारमा तयार पारिएको प्रतिबेदन सहितको मागपत्र प्रधानमन्त्री ओलीलाई बुझाएका थिए । टोलीका संयोजक तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले मागपत्र प्रधानमन्त्रीलाई बझाएका थिए ।

मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाए । उनले नेपालगन्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायतका काममा पनि स्थानीय अगुवाहरुलाई चासो दिन आग्रह गरे ।

प्रतिनिधि मण्डलले आजै परराष्ट्रमन्त्री आरजु राणा देउवा र पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेलाई भेटेर प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगन्ज दिल्ली सिधा हवाई उडानलाई एजेण्डा बनाउन पहल गरिदिन आग्रह गरेको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ५ : २९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज