नेपालगन्ज । बाँके प्रहरीले एकैदिनमा ठुलो परिमाणमा लागुऔषध ब्राउन सुगर बरामद गर्नुका साथै ४ जना पेशेवर लागुऔषधको कारोबार गर्नेहरुलाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले २०० ग्राम बढी ब्राउनसुगर बरामद गरेको छ ।
प्रहरीका अनुसार नेपालगन्जमा प्रहरीले लागूऔषध कारोबारीको टोलीलाई नियन्त्रणमा लिन गोली समेत चलाएको जनाएको छ । लागूऔषध कारोवारीलाई नियन्त्रणमा लिन बाँकेको नेपालगञ्ज बसपार्कमा पुगेको प्रहरी टोलीले चलाएको गोली लागेर एक जना लागूऔषधका कारोबारी भारतीय नागरिक घाइते भएका छन् । घाइते हुनेमा लागूऔषध कारोवारी भारत बहराइच जिल्लको रुपैडिहाका कार्तिक कुमार रहेको बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीले बताए । कुमारको खुट्टामा गोली लागेको उनले बताए ।
लागु औषध कारोबरीहरुले प्रहरीमाथी ईट्टा र सिसाको बोटलले आक्रमण गरेपछि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ । उनीहरुको आक्रमणमा परेर जिल्ला प्रहरी बाँकेको लागु औषध नियन्त्रण ब्युरोका प्रहरी सहायक निरीक्षक नबिन शाही घाइते भएका छन् । लागु औषधको कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा घटनास्थल पुगेका प्रहरी टोली माथि लागूऔषधका कारोवारीले चक्कु र सिसाको बोतल प्रहार गरेको एसपी घर्तीले बताए ।
घाइतेलाई नेपालगन्ज्स्थित संजिवनी अस्पतालमा उपचारका गरिएको छ भने लागूऔषध कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको छ। छुट्टाछुट्टै समयमा पक्राउ परेका४ जनाबाट २२५ ग्राम बढी लागु औषध ब्राउनसुगर बरामद भएको एपी घर्तीले जानकारी दिए । एसपी घर्तीका अनुसार गोली प्रहार गरि नियन्त्रणमा लिइएका कात्र्तिक कुमार र अजयकुमारबाट १०९ ग्राम ३५० मिली ग्राम ब्राउनसुगर बरामद भभएको छ भने उनीहरुको बयानका आधारमा पक्राउ परेका मोहम्मद अपताब खान र फैजल अन्सारीबाट २७ ग्राम २०० मिलीग्राम ब्राउसुगर बरामद भएको छ ।
बाँके प्रहरीले आजै अपरान्ह नेपालगन्जका रतुल अहमदलाई पनि ९८ ग्राम ८०० मिलीग्राम ब्राउनसुगर सहित पक्राउ गरेको जनाएको छ । पक्राउ परेका सबैलाई लागुऔषध काराबेर अपराधको कसुरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया