२८ असार २०८३, आइतबार | July 12, 2026

मन्त्रीको चाहनाले मात्रै विमानस्थल संचालन हुन सक्दैन : पर्यटनमन्त्री पाण्डे



भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दिगो सञ्चालनबारे आज सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, भैरहवाले आयोजना गरेको छलफलमा मन्त्री पाण्डेले निजी क्षेत्रलाई निषेध गर्न नमिल्ने उल्लेख गरे ।

उनले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल जसरी सञ्चालन गर्न लागि आफू लागेको पनि उल्लेख गरे। “विमानस्थल सञ्चालनको जिम्मा पनि निजी क्षेत्रलाई दिने विषयमा छलफल भएको छ”, उनले भने, “सुरक्षा, अध्यागमनलगायत विषय सरकार मातहत आउने भएकाले निजी क्षेत्रलाई आकर्षित गर्न सकिन्छ ।”

मन्त्री पाण्डेले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन पर्यटनमन्त्रीको मात्रै चाहनाले सम्भव नहुने उल्लेख गर्दै सबै पक्षको सहयोग आवश्यक भएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमै हुने भारत भ्रमणको क्रममा हवाई रुट परमिट, नेपालका दुई विमानस्थल सञ्चालनको विषय प्राथमिकताका साथ उठाउने गरी काम भइरहेको बताए ।

त्यस अवसरमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले विमानस्थल सञ्चालन हुन नसक्नु दुःखद भएको बताए। काठमाडौंमा उडान चापले हवाईमार्ग अवरुद्ध भइरहँदा विमानलाई भैहरवामा अवतरण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य राजेशकुमार अग्रवाल र सिद्धार्थ उद्योग वाणिज्य सङ्घका निवर्तमानमा अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवा र पोखरास्थित विमानस्थल निजी क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्ने धारणा राखे ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले विमानस्थल चल्छ की चल्दैन भन्ने कुरा सरकारले प्रष्ट पार्न आवश्यक रहेको बताए । “हामीलाई सधैं निराशामा राख्न हुँदैन, विमानस्थल चलाउन सकिँदैन भने सक्दैनौं भन्नुपर्छ”, उनले भने।

विमानस्थलका महाप्रबन्धक प्रतापबावु तिवारीले यात्रुलाई थप सुविधा नदिँदासम्म विमानस्थल सञ्चालनमा कठिनाइ हुने बताए। “श्रम, भिसा र म्यानपावरका लागि काठमाडौं धाउन परेपछि यहाँ यात्रु किन आउँछन ? पहिला यी समस्या समाधान गर्नुपर्छ”, उनले भने।

उनले यसअघि केही समय उडान भरेका जजिरा र थाई एयर एसियाले ७७ प्रतिशत यात्रु पाउँदा नियमितता दिन नसकेको जनाए। तत्कालका लागि नेपाल एयरलाइन्सबाट नियमित उडान गर्नुपर्नेमा उनको जोड छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ४ : ४१ बजे

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण