७ आश्विन २०८३, बुधबार | September 23, 2026

भारतीय विदेश सचिव आज नेपाल आउँदै



काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज (आइतबार) दिउँसो विशेष विमानमार्फत नेपाल आउँदैछन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली भदौ ३१ मा भारत भ्रमणमा जाने तयारीमा छन् ।

काठमाडौं ओर्लेपछि मिश्रीले परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा लगायत उच्चपदस्थ राजनीतिक नेतृत्वसँग भेट गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल–भारत साझेदारीका विभिन्न पक्ष, कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका विषयमा दुवै देशका परराष्ट्र सचिवबीच छलफल हुने छ । भारतको विदेश मन्त्रालयले पनि नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिइएको र बलियो मैत्रीपूर्ण सम्बन्ध रहेको जनाएको छ ।

प्रधानमन्त्री बनेको १४ महिनापछि ओलीको भारत भ्रमण हुन लागेको हो । यसपटकको भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र ओलीबीच बिहारस्थित बोधगयामा विशेष भेटवार्ता गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ७ : ३२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज