काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
भेटमा मिश्रीले प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणापत्र बुझाएका छन् ।
भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारी, नेपालका लागि भारतीय राजदूतलगायत सहभागी छन् ।


















प्रतिक्रिया