१५ भदौ २०८३, सोमबार | August 31, 2026

सत्तामा गए कमिसन, बाहिर रहे चन्दा मागेर पार्टी चलाउने परिपाटीको अन्त्य हुनुपर्छ : विप्लव



नेपालगन्ज । नेकपा विप्लव समुहका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीहरुलाई चन्दा माग्नबाट मुक्त गर्न जरुरी रहेको बताए । नेपालगन्ज उद्योग बाणिज्य संघले आज नेपालगन्जमा आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीसँग उत्पादनमुलक व्यवसाय विषयक छलफल कार्यक्रममा बोल्दै महासचिव विप्लवले सत्तामा गए कमिसन अनि बाहिर रहे चन्दा मागेर पार्टी चलाउने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।

उनले आफु नेतृत्वको नेकपा चन्दामुक्त भएको दाबी गर्दै जुनसुकै जिल्लामा गएपनि खान र बस्नलाई समस्या नरहेको स्पष्ट पारे । नेपालमा राजनीतिक क्रान्ति र परिवर्तन भएपनि आर्थिक परिवर्तन हुन नसकेको उनले बताए ।

विप्लवले आफ्नो पार्टीले यो वर्ष १५ लाख किलो आलु बेच्ने तयारी गरेको जानकारी दिए । उनले व्यवसायी विनोद चौधरीलाई मात्र यो वर्ष १० देखि १५ लाख किलो आलु बेच्ने गरि पार्टी कार्यकर्ताहरु उत्पादनमा लागेको जानकारी दिए । अघिल्लो वर्ष २ लाख किलो आलु बेचेर नेकपा चर्चामा आएको आएको थियो ।

झविनोदजीले वर्षमा ३१ लाख किलो आलु विदेशबाट किन्नु हुँदोरहेछ । हामीले २ लाख किलो बेच्यौ । अब १० देखि १५ लाख किलो दिन्छौ, महासचिव विप्लवले भने, अहिले हामी कृषि उत्पादनमा लागेका छौ । बिस्तारै उद्योग र व्यापारमा पनि लाग्छौ ।ञ

पार्टीको कार्यक्रममा सुर्खेत गएर कपिलवस्तु फर्कने क्रममा नेपालगन्ज आइपुगेका विप्लवले नेपालगन्ज(दिल्ली हवाई उडानको पहल गरिरहेको संघको काममा आफ्नो पार्टीको तर्फबाट सहयोग नै हुने बताए ।

संघका महासचिव भीमबहादुर रानाभाटले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष टंकबहादुर धामी, पूर्वअध्यक्षहरु कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल बैश्यले अब नेपालका राजनीतिक दलहरु पनि उत्पादनमा लाग्नु पर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  १० : ३९ बजे

एसिसी प्रिमियर कप : नेपालले आज बहराइनविरुद्ध खेल्दै

काठमाडौं । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो

भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै