२० श्रावण २०८३, बुधबार | August 5, 2026

राष्ट्रियसभाको बैठकमा सामाजिक सञ्जाल विधेयक प्रस्तुत हुँदै



काठमाडौं । राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः१५ बजे बस्दैछ । आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्नेछन ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।

यसैगरी अर्थसमिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । अर्थसमितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ को दफावार छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ६ : ४४ बजे

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण