६ पुस २०८२, आइतबार | December 21, 2025

प्रचण्डले बोलाएको विपक्षी दलको बैठक सुरु



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलको बैठक माओवादी संसदीय दलको कार्यालयमा बोलाएका छन् । सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेको भनिएको अवस्थामा प्रचण्डले विपक्षी दलसँग छलफलका लागि बैठक आह्वान गरेका हुन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्याल, प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् । त्यस्तै, राप्रपाका नेता बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता शेरबहादुर कुँवर, नेसपाका महिन्द्र राय यादव तथा आजपाका अध्यक्ष प्रभु साह बैठकमा उपस्थित छन् ।

प्रतिपक्षमा रहेका नाउपा र जसपा नेपाल भने सत्तापक्षको छलफलमा सहभागी भएका छन् । यसअघि कांग्रेस र एमालेका सांसदहरूले उपसभामुख रानालाई पदबाट हटाउनका लागि हस्ताक्षर गरिसकेका छन् । हाल उपसभामुख इन्दिरा राना अमेरिकामा छन् ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ४ : ०२ बजे

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन