७ आश्विन २०८३, बुधबार | September 23, 2026

संघीय संसदका पाँच समितिको बैठक आज, विभिन्न विधेयक र प्रतिवेदनमाथि छलफल



काठमाडौं । संघीय संसद अन्तर्गतका पाँचवटा संसदीय समितिको बैठक बुधबार बस्दै छन् । सिंहदरबारस्थित आ-आफ्नै बैठक कक्षमा बिहान ८ बजेदेखि दिउँसो सवा १२ बजेसम्म बैठकहरू बस्ने कार्यक्रम छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा हवाई तथा उड्डयन सुरक्षासम्बन्धी विषयमा कानूनविदहरूसँग छलफल हुने कार्यसूची छ । अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनमाथि थप छलफल गरिनेछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल गर्ने तयारी गरेको छ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने विषयमा सम्बन्धित मन्त्रीसँग छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठकमा भने संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यक्रम छ ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ७ : ४२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज