१० भदौ २०८३, बुधबार | August 26, 2026

टप एण्ड टी-२० सिरिज : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा



काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको खेल आज अपराह्न ३ः१५ बजेदेखि डार्विनस्थित मारारा क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाली टोली दोस्रो जितको खोजीमा छ । नेपालले पछिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रनको जित निकालेको थियो । पहिलो र दोस्रो खेलमा भने नेपालले क्रमशः नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेट तथा बङ्गलादेश हाइपर्फमेन्स-११ विरुद्ध नौ विकेटको पराजय व्यहोरेको थियो । यसैगरी एसिटीको टोली पहिलो जितको खोजीमा छ ।

उसले तीन खेल खेल्दा सबैमा हार व्यहोरेको छ । सेमिफाइनल सम्भावना कायमै राख्न आजको खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ । ताजा अवस्थामा नेपाल दुई अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।

यस संस्करणको टप एण्ड टी-२० सिरिजका लागि नेपाल ‘ए’ को टोलीमा कप्तान अनिलकुमार शाह, कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव रहेका छन् । यस्तै, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री पनि टोलीमा समावेश छन् ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  ८ : ०७ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत

टप एण्ड टी-२० सिरिज : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’