३१ भदौ २०८३, बुधबार | September 16, 2026

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा



काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज भिक्टोरिया सिए-११ विरुद्ध खेल्दै छ । डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने यी दुई टोलीबीचको खेल अपराह्न १ः१५ बजे सुरु हुनेछ ।

सेमिफाइनल दौडबाट बाहिरिसकेको नेपाल सान्त्वना जितको खोजीमा छ । नेपाल चार अङ्कसहित तालिकाको सातौँ स्थानमा रहेको छ ।

जारी प्रतियोगितामा पाँच खेल खेलेको नेपालले तीन खेलमा हार तथा दुई खेलमा जित निकालेको छ । नेपालले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेट तथा दोस्रो खेलमा बङ्गलादेश हाइपरफर्मेन्स-११ विरुद्ध नौ विकेटको हार व्यहोरेको थियो ।

त्यसपछि नेपालले तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले तथा चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई चार विकेटले पराजित गरेको थियो ।

पाँचौँ खेलमा भने नेपाल हैदरावाद किङ्समेन एकेडेमीविरुद्ध ३१ रनले पराजित भएको थियो । नेपालले आज भिक्टोरिया सिए-११ लाई पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ८ : २३ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज