३० भदौ २०८३, मंगलबार | September 15, 2026

टप एण्ड टी–२० सिरिजः आज हैदराबादसँग खेल्दै नेपाल ‘ए’



काठमाडौं । अष्ट्रेलियमा भइरहेको टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’ राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज हैदराबाद किङ्समेन एकेडेमीविरुद्ध खेल्दै छ । यी दुई टोलीबीचको खेल बिहीबार बिहान ९ः१५ बजेदेखि डार्विनस्थित गार्डेन ओभलको मैदानमा सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै अङ्क तालिकामा सुधार गर्न चाहन्छ । नेपालले सुरुआती दुई खेलमा पराजय व्यहोर्दा पछिल्लो दुई खेलमा लगातार जित दर्ता गरेको थियो ।

नेपालले आफ्नो तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रन तथा चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध चार विकेटको जित निकालेको थियो ।

नेपालले पहिलो र दोस्रो खेलमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध ८ विकेट तथा बङ्गलादेश हाइपर्फमेन्स-११ विरुद्ध ९ विकेटको पराजय व्यहोरेको थियो ।

सेमिफाइनलमा पुग्न आजको खेल नेपालका लागि महत्वपूर्ण छ । ताजा स्थितिमा नेपाल चार अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । उता हैदराबादसँग पनि चार अङ्क नै छ । उसले पनि चार खेल खेल्दा दुईमा जित र दुई खेलमा पराजय व्यहोरेको छ ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ८ : २४ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज