११ भदौ २०८३, बिहिबार | August 28, 2026

विद्यालय शिक्षा विधेयकको विरोधमा निजी बिद्यालय संचालकहरु स्कुलबस चढेर प्रदर्शनमा



नेपालगन्ज । प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा निजी बिद्यालय संचालकहरुले नेपालगन्जमा स्कुलबस सहित शक्ति प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै आन्दोलनरत निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले शुक्रबार नेपालगन्जको सडकमा एक साथ स्कुल बस उतारेर शक्ति प्रदर्शन गरेका हुन् ।

प्याब्सनको केन्द्रीय कार्यक्रम अन्तर्गत देशभर मुख्य सडक र चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने कार्यक्रम नेपालगन्जमा पनि स्कुल बस सडकमा उतारेर विरोध जनाइएको ब्याब्सन बाँकेले जनाएको छ । नेपालगन्जको वीपी चोकमा ब्याब्सन अन्तर्गतका बिद्यालयहरुका स्कुल बस उतारेर नगर परिक्रमा गराइएको प्याब्सन बाँकेका कोषाध्यक्ष प्रबिण गिरीले बताए । गिरीका अनुसार एक सय बढी स्कुल बस वीपी चोकमा जम्मा भएर राँझा चोक पुगी ट्राफिक चोक पुगेर समापन गरिएको थियो ।

सरकारले ल्याएको शिक्षा सम्बन्धि प्रस्तावमा आपत्ति जनाउँदै प्याब्सनले देशव्यापी आन्दोलन गरिरहेको छ । शिक्षा विधेयकमा राखिएको १५ प्रतिशत पूर्ण छात्रवृत्तिको प्रावधान हटाउनुपर्ने, विधेयकमा उल्लेख गरिएको ‘निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने’ वाक्यांश हटाउनुपर्ने मुख्य माग राखेर प्याब्सन अन्तर्गतका बिद्यालय संचालकहरु बिरोध प्रदर्शनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  ७ : ३९ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि