२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

पहिलो महिला प्रहरी सम्मेलन सम्पन्न



काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा भएको दुई दिवसीय प्रथम महिला प्रहरी सम्मेलन आज सम्पन्न भएको छ । बिहीबारदेखि सुरु भएको सम्मेलन समापन गर्दै गृहसचिव गोकर्णमणि दुवाडीले सम्मेलनले नेपाल प्रहरीको इतिहासमा लैङ्गिक समावेशीकरण र सशक्तीकरणको यात्रामा नयाँ अध्यायको सुरूवात गरेको बताए ।

नेपाल प्रहरीमा पहिलोपटक देशभरका महिला प्रहरी कर्मचारी, अवकाश प्राप्त महिला प्रहरी अधिकृत, महिला सशक्तीकरण र लैङ्गिक समानताको क्षेत्रमा काम गर्ने समाजका महानुभावलाई एकै मञ्चमा ल्याएर छलफल, अनुभव आदानप्रदान र भविष्यको अवसर तथा नेतृत्वको विषयबारे विचार गर्न यो सम्मेलन फलदायी भएको उनले विश्वास व्यक्त गरे ।

सम्मेलनमा सहभागी विषय विज्ञहरूको विज्ञता, विभिन्न अनुसन्धानको प्रतिवेदन प्रस्तुति, सहभागीको विचार एवं अनुभवको आदानप्रदान, अन्तरक्रिया र छलफलबाट नेपाल प्रहरीलाई महत्त्वपूर्ण पृष्ठपोषण, सल्लाह एवं सुझाव प्राप्त भएको गृहसचिव दुवाडीले बताए । लैङ्गिक संवेदनशील प्रहरी सेवाको सुदृढीकरणका लागि प्रभावकारी रणनीति तर्जुमा गर्न सम्मेलन सहयोगी भएको उनको भनाइ छ ।

दुवाडीले सम्मेलनबाट जारी भएको घोषणापत्र तथा प्रतिवेदन महत्त्वपूर्ण रहेको बताउँदै यसको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गरे । सम्मेलनबाट प्राप्त विचार तथा निष्कर्ष आगामी दिनमा नीति निर्माण र संस्थागत सुधारका लागि मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गर्न आवश्यक रहेको उनले धारणा राखे ।

समापन समारोहमा प्रहरी महानिरीक्षक दीपक थापाले सम्मेलनमा व्यक्त भएका विचार, विभिन्न विषयगत विज्ञहरूको विश्लेषण, अनुसन्धान तथा प्रतिवेदनका प्रस्तुतिहरू, सहभागीको अनुभव आदानप्रदान र अन्तरक्रियामार्फत नेपाल प्रहरीलाई महत्त्वपूर्ण पृष्ठपोषण तथा सुझाव प्राप्त भएको विश्वास व्यक्त गरे ।

प्रहरी महानिरीक्षक थापाले शान्ति सुव्यवस्था कायम गर्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने, ट्राफिक व्यवस्थापनलगायत क्षेत्रमा महिला प्रहरी कर्मचारीहरूले उल्लेखनीय कार्य गर्दै आएको चर्चा गर्दै आगामी दिनमा उच्च मनोबल र थप जोशका साथ नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिए ।

यो सम्मेलन नेपाल प्रहरीमा महिला प्रहरीका लागि अझ उत्कृष्ट अवसर र वातावरण सृजना गर्न सङ्गठन सदैव गतिशील रहेको बताउँदै महिला प्रहरी कर्मचारीहरूको सशक्त भूमिका निर्माणका लागि मार्गनिर्देशन गर्न र प्रहरी सेवालाई समावेशी, व्यावसायिक एवं जनमुखी बनाउन यस सम्मेलन कोशेढुङ्गा सावित भएको उनले विश्वास व्यक्त गरे ।

प्रहरी अतिरिक्त महानिरीक्षक राजन आधिकारीले सम्मेलनले प्रहरीलाई मार्गनिर्देशन दिएको बताए । लैङ्गिक समानता र लैङ्गिक न्यायलाई मूलप्रवाहीकरण गर्ने लक्ष्यका साथ नेपाल प्रहरीको लैङ्गिक नीति, २०८१ को कार्यनीतिको कार्य योजनामा केन्द्रीयस्तरमा उक्त सम्मेलनको आयोजना गरिएको थियो ।

आज सम्मेलनको समापनका अवसरमा विभिन्न विधामा उत्कृष्ट भूमिका निर्वाह गर्ने महिला प्रहरी कर्मचारी, सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पु¥याउने व्यक्ति, विभिन्न सङ्घसंस्थालाई कदरपत्र, पुरस्कार एवं प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  १० : १८ बजे

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा

काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौं । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको सभामुख

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी । धवलागिरि गाउँपालिका-१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले