६ पुस २०८२, आइतबार | December 21, 2025

देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय रहनुका साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली छ । यसैबीच, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, बागमती र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षा हुन सक्ने सम्भावना छ ।

मधेश, कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ७ : ४४ बजे

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट