६ माघ २०८२, मंगलबार | January 20, 2026

प्रतिनिधिसभा : भदौ १९ गते निजामती विधेयक र २६ गते विद्यालय शिक्षा विधेयक पारित गरिने



काठमाडौँ । प्रतिनिधिसभाले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० यही भदौ १९ पारित गर्ने कार्यतालिका तय गरेको छ ।

सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका प्रमुख सचेतकसँग आज सिंहदरबारमा भएको छलफलपछि निजामती विधेयक राष्ट्रियसभाबाट आएका खण्डमा यही भदौ १९ गते प्रतिनिधिसभाबाट पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको हो । प्रशासनिक सङ्घीयता कार्यान्वयनका सम्बन्धमा महत्वपूर्ण मानिएको निजामति विधेयकलाई पारित गर्ने कार्य यस अधिवेशनको महत्वपूर्ण कार्य हो ।

संसद्को आगामी १५ दिनको क्यालेन्डर तय गरिएको सभामुख घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिए । भदौको दोस्रो पाक्षिक कार्यतालिका अनुसार भदौ १८, १९, २५, २६ र २७ गते प्रतिनिधिसभाको बैठक बस्नेछ ।

त्यसैगरी, भदौ २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेन्डर पनि तय भएको छ । शुक्रबार बस्ने संसद् बैठकले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउनेछ भने भदौ १८ गते बस्ने बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्ने कार्यतालिका छ । राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची पनि तय भएको उनले बताए ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  १० : ०७ बजे

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार

काठमाडौं । निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१

मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बन्यो : कावा प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका

सर्लाही–४ मा गगन थापाको उम्मेदवारी वारेसमार्फत दर्ता

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब नाघ्यो

काठमाडौं ।नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसमार्फत