१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

रुपन्देही-३ मा रास्वपाले दियो डा. लेखजंग थापालाई टिकट



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर-३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ । पार्टी सचिवालयको निर्णयअनुसार ९ जना आकांक्षीमध्ये थापा चयन भएका हुन् ।

उपनिर्वाचनमा उम्मेदवारीका लागि थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए ।

आकांक्षीहरूमध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म अनलाइन भोटिङमार्फत प्राइमरी इलेक्सन गरेको थियो। सो मतदानमा सबैभन्दा बढी मत प्राप्त गर्ने डा. थापा उम्मेदवारका रूपमा घोषित भएका हुन् ।

डा. थापा एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी र न्युरोलोजीमा एमडी गरेका वरिष्ठ न्युरोलोजिस्ट हुन्। हाल उनी महाराजगञ्जस्थित नेसनल न्युरो सेन्टरमा न्युरोलोजी विभागका प्रमुखका रूपमा कार्यरत छन्। साथै, उनी नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष पनि हुन् ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ७ : ४२ बजे

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र