१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

लुम्बिनी कोरिडोरका उद्योग स्थानान्तरणमा सहजिकरण गर्न बुटवल उद्याग बाणिज्य संघको आग्रह



बुटवल । लुम्बिनी कोरिडोरमा रहेका उद्योगलाई स्थानान्तरण गर्नुपर्ने सर्वोच्च अदालतको आदेशप्रति बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ । २०८२ भदौ ११ गतेको अदालतको आदेशअनुसार तोकिएको क्षेत्रभित्र रहेका उद्योगलाई दुई वर्षभित्र स्थानान्तरण गर्ने वा पूर्णरूपमा बन्द गर्ने आदेश आएपछि संघले उद्याग स्थानान्तरमा सरकारलाई समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालले आज विज्ञप्ति जारी गर्दै २०३२ सालपछि देशमा नयाँ औद्योगिक क्षेत्र स्थापना र सञ्चालन हुन नसकेको अवस्थामा निजी लगानीकर्ताले अरबौँ रुपैयाँ खर्च गरेर पुर्वाधार निर्माण गरी सञ्चालनमा ल्याएका उद्योगलाई उचित विकल्प नदिई स्थानान्तरण गर्नुपर्ने अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी र वरिपरिको वातावरणीय मापदण्डलाई ध्यानमा राख्दै आवश्यक उद्योगलाई स्थानान्तरण गर्नुपर्ने भए पनि सरकारले वैकल्पिक रुपमा पुर्वाधारसहितको औद्योगिक क्षेत्र उपलब्ध गराउनु पर्ने माग गरिएको छ ।

संघले रुपन्देहीको तिनाउ नदी उकास क्षेत्रमा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रलाई द्रुतगतिमा सम्पन्न गरी त्यहाँ जग्गा सुनिश्चित गर्ने र उद्योग स्थानान्तरणमा लाग्ने खर्चसमेत सरकारकै व्यवस्थापनमा उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ । संघले उद्योगमा भएको लगानी सुरक्षित गर्न सकिने अवस्था सिर्जना भए मात्र आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र समृद्धिको यात्रा अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  ६ : ०५ बजे

जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने तय भएको छ ।

ईयू आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित युरोपेली

रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु

रौतहट । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा

आजको मौसम : पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा