२६ असार २०८३, शुक्रबार | July 10, 2026

आज विभिन्न कार्यक्रमसहित २२ औं निजामती सेवा दिवस मनाइँदै



काठमाडौं । आज (भदौ २२ गते) २२ औं निजामती सेवा दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै छ । सन् २०१२ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्य नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिनलाई स्मरण गर्दै २०६२ सालदेखि प्रत्येक वर्ष यस दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । बिहान प्रभातफेरी गरिएको छ भने दिउँसो आयोजित मूल समारोहमा निजामती सेवामा उत्कृष्ट योगदान पुर्‍याउने कर्मचारीलाई सम्मान र पुरस्कार प्रदान गरिनेछ ।

यस दिवसलाई निजामती सेवाको मूल्य–मान्यता, आदर्श, नैतिकता, सदाचारिता र निष्ठाप्रतिको प्रतिबद्धता प्रकट गर्ने अवसरको रूपमा लिने गरिएको छ । देशभर कार्यरत करिब ८५ हजार निजामती कर्मचारीका लागि यो दिवस कदर र उत्सवको दिन मानिन्छ ।

सेवा दिवस मनाउन मूल समारोह समितिको मातहतमा विभिन्न उपसमितिबाट स्वास्थ्य शिविर, वृक्षरोपण, रक्तदान, अन्तर्क्रिया, फुटबल प्रतियोगिता, झाँकी प्रदर्शनी, र्‍याली र दीपावलीजस्ता गतिविधि तय गरिएको छ ।

काठमाडौँमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा हुने मूल समारोहमा यस वर्षको सर्वोत्कृष्ट, उत्कृष्ट र पुरस्कार प्राप्त गर्ने कर्मचारीहरूको घोषणा हुनेछ । सोही अवसरमा अघिल्लो वर्ष घोषित कर्मचारीलाई पनि प्रमुख अतिथिबाट सम्मान र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  ८ : ३१ बजे

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा