काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आन्दोलनरत जेनजीलाई संयम रहन आग्रह गरेका छन् । उनले सरकार विघटन भइसकेको अवस्थामा आन्दोलनरत जेनजीलाई संयम रहन आग्रह गरेका हुन् ।
मंगलबार विप्लवले भिडियो सन्देश जारी गर्दै आन्दोलनरत जनता बाटनै नेतृत्व दिनेगरी सोच्नुपर्ने बताएका छन् ।
जेनजी विद्रोहले नेपाललाई ऐतिहासिक परिवर्तनको संघारमा पुर्याएको उनको भनाई छ । दुई दशकको बेथिति, भ्रष्टाचार, लुटपाट, असमानता, दलालीले यो परिणाम ल्याउन अनिवार्य रहेको उल्लेख गर्दै विप्लवले भ्रष्ट नेता, दल, सरकारले सजाय भोग्नै पर्ने स्पष्ट पारेका छन् ।
उनले भनेका छन्, ‘सरकार विघटन भइसकेको अवस्थामा जेनजीले संयमतापूर्वक सम्वादमा भाग लिनोस् । अब देशलाई संसदभित्रबाट होइन आन्दोलनरत जनताको बिचबाट नेतृत्व दिन सोच्नुपर्दछ । यो काम पनि नयाँ पुस्ताबाट नै गर्ने हो ।’


















प्रतिक्रिया