काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा बिहीबार पनि निषेधाज्ञा जारी राखेको छ । सेनाले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा लागू हुने जनाएको छ ।
यद्यपि, अत्यावश्यक कामका लागि बिहान ६ देखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म मात्र आवतजावत गर्न अनुमति दिइनेछ ।
सेनाले जारी गरेको विज्ञप्तिअनुसार बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु कायमै रहनेछ ।
निषेधाज्ञा र कर्फ्यु अवधिमा एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा खाद्यान्न, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।
त्यस्तै, विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म आवतजावत गर्न सक्ने व्यवस्था गरिएको सेनाले जनाएको छ ।



















प्रतिक्रिया