काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने र उनकै सिफारिसमा प्रतिनिधिसभा बिघटन गर्ने सहमति जुटे लगत्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले खरो प्रतिक्रिया ब्यक्त गरेका छन् ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमा प्रतिनिधि सभा विघटनको निर्णयलाई विडम्बनापूर्ण भनेका छन् ।
‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउने सुनाउनेहरु अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनपूर्ण विषय हो’ पोखरेलले लेखेका छन्, ‘त्यसैले सतर्क रहौं, खबरदारी गरौं ।’
शितलनिवासमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई सरकार प्रमुख बनाउने र उनले प्रतिनिधि सभा विघटनको निर्णय गर्ने सहमति जुटे लगत्तै पोखरेलको यस्तो प्रतिक्रिया आएको हो ।


















प्रतिक्रिया