७ पुस २०८२, सोमबार | December 22, 2025

देशभर बदली, ठाउँठाउँमा वर्षा



काठमाडौँ । आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो तीन दिन नै वर्षा हुने र यो खण्डित वर्षा हुने जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाले लगातारको झरी नभए पनि बदली भने देशभर हुने तर भारी वर्षा भने खण्डित हुने जानकारी दिए । उनले मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको भए पनि जलवाष्पयुक्त हावा अरब सागरबाट र बङ्गालको खाजीबाडीबाट आइरहेकाले वर्षा गराउने प्रणाली विकास भएको बताए । त्यसका साथै कतैकतै स्थानीय प्रणालीसमेत विकास भएका छन् ।

आज साँझ चितवन र नवलपुर जिल्ला आसपासको क्षेत्रमा मौसमी प्रणाली विकसित भई नारायणघाट र डण्डामा भारी वर्षा भएको महाशाखाले जनाएको छ । उक्त प्रणाली पूर्वदिशामा सर्ने क्रममा रहेको छ । पछिल्लो तीन घण्टामा चितवन, नवलपरासी, बारा, गुल्मी र गोरखा कास्कीमा वर्षा भएको छ ।

अहिले देशभर साधारणतया बदली रहेको छ । वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार देशभर बदली रही लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् झाले बताए । यही भदौ ३० गते राति कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  १० : ३० बजे

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका

सबै कुराको रिस पोख्दै मुलुकलाई नै अप्ठ्यारोमा पार्ने काम कसैले नगरौँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट