२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

‘सक्ने सेवा दिने, नसक्ने सेवाका बारेमा सूचना दिने’



चितवन । गत हप्ताको आन्दोलनको क्रममा जिल्लाका ७९ सरकारी कार्यालयमा क्षति भएको छ । निजी क्षेत्रका १७ व्यावसायिक र निजी घरमा क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार क्षति पुगेका कार्यालयको मूल्याङ्कनका लागि सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको संयोजकत्वमा सात सदस्यीय टोली परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयसहित सरकारी कार्यालय, महानगरपालिका, नगरपालिका, गाउँपालिका, वडा कार्यालय आगलागी र तोडफोडबाट क्षतिग्रस्त भएका छन् ।

उनका अनुसार तथ्याङ्क लिने काम भइरहेकाले एकीन तथ्याङ्क आउन केही समय लाग्ने छ । सो क्रममा तीन पार्टी कार्यालयमा क्षति पुगेको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

नेता, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, पत्रकार, सञ्चारगृहमा तोडफोड र आगजनी भएका छन् । निजी घरहरुमा भएको तोडफोडको सङ्ख्या एकीन तथ्याङ्क आइनसकेको उनले जानकारी दिए । जलेर कार्यालय ध्वस्त भएका कार्यालय सरसफाइ गर्न थालिएको छ । ती कार्यालय परिसरमा बसेर कर्मचारीले मिल्नेजति सेवा दिन थालेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

उनले भने “ सक्ने सेवा दिने, नसक्ने सेवाका बारेमा सूचना दिने गरिएको छ ।”

कैदीबन्दी फर्किने क्रम जारी

यसैगरी जिल्ला कारागार भरतपुरबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी रहेको छ । हालसम्म तीन सय जना कैदीबन्दी फर्किएका छन् । १४ जना अन्य कारागारकासमेत यहाँ सम्पर्कमा आएका छन् । कारागार कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार यहाँबाट गएका सात सय ५० जनामध्ये ५० जना बाहेक अरु सम्पर्कमा छन् । आएकामध्ये २७ महिला हुन् भने बाँकी पुरुष हुन् । कारागारमा ४६ महिला कैदीबन्दी थिए ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ९ : ४६ बजे

अस्वाभाविक महत्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर वृहत एकतामा जुटौं : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रतिनिधिसभा निर्वाचनको परिणामले

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली