२ चैत्र २०८२, सोमबार | March 16, 2026

‘विद्रोह जेन–जीको, सरकार जेन–एक्सको’ – विप्लव



काठमाडौं । विप्लव नेतृत्वको नेकपाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारलाई ‘विद्रोह जेन–जीको तर सरकार जेन–एक्सको’ भएको टिप्पणी गरेको छ ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आज एकसाथ बिज्ञप्ति र भिडियो सन्देश जारी गर्दै सरकारको बनोटप्रति विरोध जनाएका छन् ।

उनले नागरिकहरुको प्रतीक्षालाई चिर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार निर्माण भएपनि सरकारको निर्माण जेन जी र जनताको अपेक्षा विपरीत बन्न पुगेको बताएका छन् ।

‘विद्रोह जेनजीको सरकार जेन एक्सको भएको छ । हाम्रो पार्टी यो सरकारको बनोटप्रति विरोध दर्ज गर्दै गम्भीरतापूर्वक नियाल्ने निष्कर्षमा पुगेको छ ।’ उनले भनेका छन् ।

आन्दोलनरत शक्ति, नागरिक समाज, संघर्षरत राजनीतिक शक्ति सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार बन्नुपर्छ भन्ने पार्टीको सुझाव पुगे पनि जिम्मेवार निकायबाट यसलाई जानाजान बेवास्ता गरिएको विप्लवले बताएका छन् । उनले वर्तमान सरकारलाई राजनीतिक दल र जनताले यसलाई नस्वीकार्ने पनि बताएका छन् ।

विप्लवले सरकार गठनमा गैरदलीय, गैर वामपन्थी सोचले काम गरेको बताउँदै भनेका छन्,-‘कसको दबाब वा इसारामा यो गरियो ? विषय रहस्यपूर्ण छ,’

उनले अहिले सरकार र मन्त्रीमण्डल मात्र नभई राज्यको पुनर्संरचना र संविधानको पुनर्लेखन चाहिएको बताएका छन् ।

‘पुरानो राज्य प्रणालीलाई यथावत राखेर यसको निकास सम्भव छैन । तसर्थ आदरणीय जनसमुदायमा हाम्रो विशेष अपिल छ कि राज्यलाई अग्रगामी रुपान्तरण गर्नका लागि समयमै सचेत बनौं,’ विप्लवले भनेका छन्, ‘देशका सामु खडा भएका राष्ट्रिय स्वाधिनताको विशेष चुनौतिलाई गम्भीरतापूर्वक आत्मसाथ गरौं ।’

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  १२ : ५५ बजे

ड्रोन घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्थायी रूपमा स्थगित

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनसँग सम्बन्धित एक घटनापछि उडानहरू

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका