१५ माघ २०८२, बिहिबार | January 30, 2026

‘विद्रोह जेन–जीको, सरकार जेन–एक्सको’ – विप्लव



काठमाडौं । विप्लव नेतृत्वको नेकपाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारलाई ‘विद्रोह जेन–जीको तर सरकार जेन–एक्सको’ भएको टिप्पणी गरेको छ ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आज एकसाथ बिज्ञप्ति र भिडियो सन्देश जारी गर्दै सरकारको बनोटप्रति विरोध जनाएका छन् ।

उनले नागरिकहरुको प्रतीक्षालाई चिर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार निर्माण भएपनि सरकारको निर्माण जेन जी र जनताको अपेक्षा विपरीत बन्न पुगेको बताएका छन् ।

‘विद्रोह जेनजीको सरकार जेन एक्सको भएको छ । हाम्रो पार्टी यो सरकारको बनोटप्रति विरोध दर्ज गर्दै गम्भीरतापूर्वक नियाल्ने निष्कर्षमा पुगेको छ ।’ उनले भनेका छन् ।

आन्दोलनरत शक्ति, नागरिक समाज, संघर्षरत राजनीतिक शक्ति सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार बन्नुपर्छ भन्ने पार्टीको सुझाव पुगे पनि जिम्मेवार निकायबाट यसलाई जानाजान बेवास्ता गरिएको विप्लवले बताएका छन् । उनले वर्तमान सरकारलाई राजनीतिक दल र जनताले यसलाई नस्वीकार्ने पनि बताएका छन् ।

विप्लवले सरकार गठनमा गैरदलीय, गैर वामपन्थी सोचले काम गरेको बताउँदै भनेका छन्,-‘कसको दबाब वा इसारामा यो गरियो ? विषय रहस्यपूर्ण छ,’

उनले अहिले सरकार र मन्त्रीमण्डल मात्र नभई राज्यको पुनर्संरचना र संविधानको पुनर्लेखन चाहिएको बताएका छन् ।

‘पुरानो राज्य प्रणालीलाई यथावत राखेर यसको निकास सम्भव छैन । तसर्थ आदरणीय जनसमुदायमा हाम्रो विशेष अपिल छ कि राज्यलाई अग्रगामी रुपान्तरण गर्नका लागि समयमै सचेत बनौं,’ विप्लवले भनेका छन्, ‘देशका सामु खडा भएका राष्ट्रिय स्वाधिनताको विशेष चुनौतिलाई गम्भीरतापूर्वक आत्मसाथ गरौं ।’

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  १२ : ५५ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला