५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नेप्सेमा लगातार तीनपटक नेगेटिभ सर्किट ब्रेक, कारोबार स्थगित



काठमाडौं । भदौ २३ र २४ गतेका ध्वंसात्मक घटनापछि खुलेको सेयर बजारमा बुधबार लगातार तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेपछि आजको कारोबार स्थगित भएको छ । कारोबार स्थगित हुनुअघि बजार ६ प्रतिशतले ओरालो लागेको थियो ।

कारोबार सुरु भएको दुई मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले घटेपछि बजार २० मिनेटका लागि रोकिएको थियो । पुनः खुलेको कारोबारमा थप १ प्रतिशत घट्दा कुल ५ प्रतिशत पुगेर ११ः२३ बजे दोस्रो सर्किट ब्रेक लाग्यो ।

दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि बजार बन्द रह्यो । १२ः०४ बजे पुनः खुलेको बजारमा फेरि १ प्रतिशत घट्दा कुल ६ प्रतिशत पुगेपछि तेस्रो सर्किट ब्रेक लाग्दै आजको कारोबार पूर्ण रूपमा रोकियो ।

६ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक १६० अंकले घटेर २५११ मा झरेको छ । आज कुल करिब ४ मिनेट मात्रै कारोबार भई ७२ करोड ८७ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  १२ : ३० बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत