काठमाडौं । प्रधानमन्त्रीलाई भेट्ने उद्देश्यले सिंहदरबार पुगेका जेनजी आन्दोलनका केही घाइतेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलन ‘हाइज्याक’ गरिएको भन्दै आक्रोशित घाइतेहरूले सिंहदरबारभित्र प्रवेशको प्रयास गरेपछि उनीहरू पक्राउ परेका हुन् ।
प्रहरी नियन्त्रणमा परेकामध्ये केहीले ‘हामी नेपाल’का संयोजक सुदन गुरुङप्रति असन्तोष व्यक्त गर्दै उनलाई जेनजी पुस्ताको नेता स्वीकार्न नसकिने बताएका थिए । उनीहरूले सहिद र घाइतेहरूको अपमान हुने किसिमका गतिविधि सह्य नहुने चेतावनी पनि दिएका थिए ।
सुदन गुरुङको नाम लिएर नाराबाजी र होहल्ला बढेपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन उनीहरूलाई पक्राउ गरेको बताएको छ ।



















प्रतिक्रिया