७ आश्विन २०८३, बुधबार | September 23, 2026

इमाडोल प्रहरी प्रभाग तोडफोड-आगजनीमा संलग्न पाँच जना पक्राउ



काठमाडौं । भदौ २४ गतेको असामान्य परिस्थितिको मौका छोपी इमाडोलस्थित प्रहरी प्रभागमा तोडफोड र आगजनी गरी लुटपाटसमेत गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकाले प्रहरी पोशाक, व्यक्तिगत सामान र गरगहना चोरी गरेका थिए । पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रव, चोरी तथा संगठित अपराध मुद्दा दर्ता गरी जिल्ला प्रहरी परिसर ललितपुरले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

पक्राउ पर्नेमा काभ्रे घर भई ललितपुर महालक्ष्मी-८ लुभु बस्ने २० वर्षीय कुमार तामाङ, धनकुटा पाख्रिबास घर भई लुभु बस्ने २२ वर्षीय गोकर्ण राई, रामेछाप घर भई लुभु बस्ने २० वर्षीय कृष्णराज गिरी, उदयपुर घर भई इमाडोल बस्ने ३१ वर्षीय सुनिलकुमार बस्नेत र सोलुखुम्बु घर भई लुभु बस्ने २२ वर्षीय सरोज नेपाली रहेका छन् । यस्तै, सिन्धुली घर भई इमाडोल बस्ने २१ वर्षीय नरेश तामाङलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकासँगै प्रहरीको पोशाकसँग सम्बन्धित सामग्रीहरू-बुट १ जोर, तिलहरी १ थान, झुम्का १ जोर र मंगलसुत्र १ थान बरामद गरिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ८ : ४४ बजे

मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा

गोरखा । मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु

कांग्रेस १५ औ महाधिवेशन : बुटवल र नेपालगन्जमा गगनकै नाममा दुई फरक गुट चुनावी मैदानमा

बुटवल । विशेष महाधिवेशनबाट एकढिक्क बनेको दाबी गरिएको नेपाली कांग्रेसको

बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

काठमाडौँ । जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले

राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौँ । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक