८ पुस २०८२, मंगलबार | December 23, 2025

इमाडोल प्रहरी प्रभाग तोडफोड-आगजनीमा संलग्न पाँच जना पक्राउ



काठमाडौं । भदौ २४ गतेको असामान्य परिस्थितिको मौका छोपी इमाडोलस्थित प्रहरी प्रभागमा तोडफोड र आगजनी गरी लुटपाटसमेत गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकाले प्रहरी पोशाक, व्यक्तिगत सामान र गरगहना चोरी गरेका थिए । पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रव, चोरी तथा संगठित अपराध मुद्दा दर्ता गरी जिल्ला प्रहरी परिसर ललितपुरले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

पक्राउ पर्नेमा काभ्रे घर भई ललितपुर महालक्ष्मी-८ लुभु बस्ने २० वर्षीय कुमार तामाङ, धनकुटा पाख्रिबास घर भई लुभु बस्ने २२ वर्षीय गोकर्ण राई, रामेछाप घर भई लुभु बस्ने २० वर्षीय कृष्णराज गिरी, उदयपुर घर भई इमाडोल बस्ने ३१ वर्षीय सुनिलकुमार बस्नेत र सोलुखुम्बु घर भई लुभु बस्ने २२ वर्षीय सरोज नेपाली रहेका छन् । यस्तै, सिन्धुली घर भई इमाडोल बस्ने २१ वर्षीय नरेश तामाङलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकासँगै प्रहरीको पोशाकसँग सम्बन्धित सामग्रीहरू-बुट १ जोर, तिलहरी १ थान, झुम्का १ जोर र मंगलसुत्र १ थान बरामद गरिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ८ : ४४ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको