काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा १,३०० रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
बुधबार सुन प्रतितोला २ लाख २३ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार भने यो दर प्रतितोला २ लाख २१ हजार ७०० रुपैयाँ थियो ।
सुनसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । बुधबार चाँदी प्रतितोला २,७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । मंगलबार चाँदी प्रतितोला २,६८० रुपैयाँमा कारोबार भएको थियो । यसरी चाँदी एकैदिनमा प्रतितोला २० रुपैयाँ बढेको छ ।



















प्रतिक्रिया