५ पुस २०८२, शनिबार | December 20, 2025

पूर्व राजनीतिक पदाधिकारीहरूले गर्न थाले सरकारी गाडी फिर्ता



काठमाडौं । सरकारले मितव्ययिता अपनाउने भनेर पूर्व राजनीतिक पदाधिकारीहरूको समेत गाडी फिर्ता गराउने निर्णय गरेसँगै प्रर्व राजनीतिक पदाधिकारीहरुले सुविधाको गाडी फिर्ता गर्न थालेका छन् ।

विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले सुविधा वापत्त लिएको गाडी फिर्ता गरेको संसद् सचिवालयले जनाएको छ । १२ वटा विषयगत समितिका सभापति र चार जना प्रमुख सचेतक र सचेतकले गाडी फिर्ता गरेको संसद् सचिवालयको सवारी शाखा प्रमुख प्रदीप नेपालले जानकारी दिए ।

प्रतिनिधि सभा अन्तर्गत १० वटा विषगत समिति रहेका छन् । नेपालका अनुसार संयुक्त दुई वटा समितिको सभापतिमा समेत प्रतिनिधि सभा सदस्य नै थिए । उनीहरू सबैले सुविधा वापत्त लिएको गाडी फिर्ता गरेका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक र सचेतकले पनि गाडी फिर्ता गरेका छन् । कांग्रेसका प्रमुख सचेतक र सचेतकको गाडी भने जेन जी प्रदर्शनका क्रममा जलेको थियो ।

गच भदौ २४ गते सिंहदरवारमा आगलागी हुँदा कांग्रेस र एमालेको संसदीय दलको कार्यालय समेत जलेकोमा एमाले र माओवादीका सचेतकहरुको गाडी सिंहदरवार बाहिर रहेको तर कांग्रेसका प्रमुख सचेतक र सचेतकको गाडी सचिवालय परिसरमै रहेको बताइएको छ ।

 

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ११ : ०५ बजे

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश