२५ असार २०८३, बिहिबार | July 9, 2026

जेनजी आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक आज गुन्डुमा



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन् । बैठक आज दिउँसो १ बजे भक्तपुरको गुन्डुमा बस्ने तय भएको छ ।

‘जेनजी’ आन्दोलनपछि पहिलोपटक बोलाइएको सचिवालय बैठकमा आन्दोलनपछिको राजनीतिक अवस्था, पार्टीको भूमिका, संगठन सुदृढीकरण र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकमा हालको परिस्थितिमा पार्टीको सक्रियता र आगामी कदमबारे विस्तृत विचार विमर्श हुनेछ ।

गएको भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली हाल गुन्डुमा बस्दै आएका छन् । सोही दिन ‘जेनजी’ आन्दोलनका क्रममा बालकोटस्थित ओलीको निवासमा आगजनी हुनुका साथै ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ८ : ३८ बजे

संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान संशोधनको बहसका लागि

सर्लाहीको लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास

सर्लाही । सर्लाहीको लालबन्दीमा गएराती गोली प्रहार गरी लुटपाटको प्रयास

प्रधानमन्त्रीको सीमा अभिव्यक्तिमाथि संसद्मा फेरि विरोध, माफी माग्न विपक्षीको अडान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई

बालमन्दिरको जग्गा लिज प्रकरणमा तीन जना पक्राउ, सीआईबीले बढायो अनुसन्धान

काठमाडौं । नेपाल बाल संगठन (बालमन्दिर)को जग्गा लिजमा दिइएको विषयसँग

प्रतिनिधिसभा बैठक : विभिन्न विधेयक पेश हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकमा