काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का भएको छ ।
भाद्र २३ र २४ गतेको घटनाबारे छानबिन गर्न बनेको आयोगले तत्कालीन उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण रोक्न सरकारलाई निर्देशन दिएको हो ।
आयोगले असोज १२ गतेको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा छानबिनका लागि आवश्यक सोधपुछ गर्नुपर्ने भएकाले उनीहरूको विदेश भ्रमण तत्काल रोक्न गृह मन्त्रालयलाई पत्राचार गर्न भनिएको छ । उनीहरुलाई आयोगको अनुमति बिना काठमाडौं उपत्यका छोड्न पनि निषेध गरिएको छ ।
आयोगको विदेश भ्रमण रोक्का सूचीमा परेका व्यक्तिहरुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोविन्दप्रसाद दुबाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका छन् ।
यस्तै, आयोगले भाद्र २३ र २४ गतेको घटनाबारे छानबिन गरी प्रतिवेदन पेश गर्ने कार्यलाई सहज बनाउन आवश्यक जानकारी जनसाधारणसम्म पुर्याउनका लागि गृह मन्त्रालयलाई जानकारी गराउने निर्णय गरेको छ ।



















प्रतिक्रिया