नेपालगन्ज । बाँके प्रहरीले अबैध रुपमा भन्सार छलेर नेपालगन्जमा भित्र्याइएको खसी सहित बिभिन्न सामान बरामद गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ बाट अबैध रुपमा भन्सार छलेर ल्याइएको १० जिउ खसी र वडा नम्बर १० गणेशमान चोकबाट भन्सार छलेर ल्याइएको मोबाइल चार्जर, कभर, पावर बैंक लगायतका सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीका अनुसार बरामद गरिएका सबै सामानको अन्दाजी मूल्य रु. १ लाख ८१ हजार ४ सय ५० बराबरको रहेको छ ।
बरामद सामानसहित ढुवानीमा संलग्न मानिस र मोटरसाइकल भन्सार कार्यालयमा पठाइएको र बरामद खसीलाई पशु क्वारेन्टाइन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


















प्रतिक्रिया