२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

बुटवल-तानसेन सडक खण्डमा आजदेखी २० गते सम्म अत्यावश्यक बाहेकका सवारी साधनमा रोक



पाल्पा । लगातारको वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि पाल्पा जिल्लामा असोज १८ देखि २० गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले तीन दिनका लागि सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बनु बज्राचार्य कुँवरका अनुसार वर्षासँगै पहिरोको जोखिम उच्च रहेकाले उक्त निर्णय गरिएको हो । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउँ गाउँपालिका-३ सिद्धबाबा सडकखण्ड, बिसमाइल फुलस्थित सडकखण्ड, तिनाउँ गाउँपालिका-५ चरचरे र हिउँदे खोला क्षेत्र, पाल्पा-गुल्मी सडकखण्ड तथा कालीगण्डकी करिडोरमा पहिरो खस्ने सम्भावना रहेकाले अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

बैठकले असोज १८ देखि २० गतेसम्म लामो तथा छोटो दूरीका सवारी साधन नचलाउन यातायात व्यवसायीहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ । साथै सम्भावित विपद् व्यवस्थापनका लागि उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन स्थानीय तहहरूलाई पनि सचेत गराइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ६ : ५२ बजे

रुपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता

बुटवल । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र

काठमाडौं–६ मा रास्वपाका शिशिर खनालको २० हजारभन्दा बढी मत

काठमाडौं । काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ६ मा

रुपन्देही-१ मा रास्वपाका उम्मेदवार सुनिल लम्सालको फराकिलो अग्रता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर

कैलालीका दुई क्षेत्रमा नेकपा, एक-एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता

कैलाली । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र

रुपन्देही-२ मा अग्रता बढाउदै रास्वपा उम्मेदवार सुलभ खरेल

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा