काठमाडौं । वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकामा आपत्कालीन उद्धारका लागि निःशुल्क हेलिकोप्टर सेवा उपलब्ध गराउने घोषणा गरेको छ । शनिबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाइएको पत्रमार्फत संघले काठमाडौं उपत्यकाभित्र हुने विपद्जन्य घटनामा सदस्य हेलिकोप्टर कम्पनीहरूले निःशुल्क उद्धार सेवा सञ्चालन गर्ने जानकारी दिएको हो ।
संघले उद्धार कार्यमा सहजता र प्रभावकारी समन्वयका लागि प्राधिकरणले समन्वय अधिकारी तोक्न आग्रह गरेको छ । पत्रमा भनिएको छ, “समन्वय अधिकारीको निर्देशनअनुसार उद्धार कार्य सञ्चालन गरिनेछ।”
देशका विभिन्न भागमा बाढी, पहिरो र अन्य विपद् व्यवस्थापनका सम्भावित अवस्थाको सामना गर्न संघका सदस्य कम्पनीहरू तयारी अवस्थामा रहेको जानकारी पनि संघले दिएको छ ।


















प्रतिक्रिया