१४ भदौ २०८३, आइतबार | August 30, 2026

जाँचबुझ आयोगका अध्यक्ष कार्कीको निष्पक्षतामाथि नेपाल बारको प्रश्न



काठमाडौं । नेपाल बार एसोसिएसनले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न बनेको सरकारी आयोगको निष्पक्षतामाथि प्रश्न उठाएको छ।

मंगलबार बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले विज्ञप्ती जारी गर्दै सरकारले गठन गरेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको पूर्वधारणाले आयोगको विश्वसनीयता र निष्पक्षतामाथि शंका उत्पन्न भएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, “आयोगका अध्यक्षको पूर्वधारणाले आयोगको निष्पक्षतामा आँच आउन नसक्ने विश्वसनीय प्रत्याभूति सार्वजनिक भएको छैन। यस्तो गम्भीर घटनाको छानबिनमा सरकारले औपचारिकता मात्र पूरा गर्न खोजेको धारणा बलियो बन्दै गएको छ, जसले आयोगको प्रतिवेदनको विश्वसनीयता समेत गुमाउने सम्भावना छ।”

कार्कीले सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनका घटनाबारे पूर्वनिर्धारित टिप्पणी गरेको भन्दै उनले नेतृत्व गरेको आयोगप्रति विभिन्न निकायबाट आलोचना हुँदै आएको छ।

त्यस्तै, बार एसोसिएसनले प्रहरीको मनोबल खस्किने कार्य रोक्न सरकारलाई आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “प्रहरीको मनोबल खस्काउने हर्कत रोक्नुपर्छ। आवेश, आक्रोश र अराजकताले हत्या, हिंसा र प्रतिहिंसाको दुश्चक्र निम्त्याउँछ। दीगो शान्ति संवाद र सहकार्यबाट मात्र सम्भव छ, त्यसका लागि सरकारले व्यापक संवादको पहल गर्नुपर्छ।”

साथै, बारले सर्वोच्च अदालतको काम कारबाही शीघ्र सुरू गर्न र बार भवन निर्माणका लागि सर्वोच्च अदालत परिसरभित्र जग्गा उपलब्ध गराउन माग गरेको छ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ४ : २९ बजे

पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी । मालिका गाउँपालिका-५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

कृष्णभीरमा सडक भासिएपछि मुग्लिन-काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

धादिङ । धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिन-काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध

तिब्बत क्षेत्रको बाढी-पहिरोमा २६१ विदेशी नागरिक बेपत्ता, नेपालका १०४ जना

काठमाडौं । तिब्बतको केरुङ क्षेत्रमा आएको बाढी र पहिरोमा परी

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख

पोखरा महानगरले थाल्यो राहत सङ्कलन अभियान

गण्डकी । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितहरूको राहत तथा