२० मंसिर २०८२, शनिबार | December 7, 2025

जाँचबुझ आयोगका अध्यक्ष कार्कीको निष्पक्षतामाथि नेपाल बारको प्रश्न



काठमाडौं । नेपाल बार एसोसिएसनले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न बनेको सरकारी आयोगको निष्पक्षतामाथि प्रश्न उठाएको छ।

मंगलबार बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले विज्ञप्ती जारी गर्दै सरकारले गठन गरेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको पूर्वधारणाले आयोगको विश्वसनीयता र निष्पक्षतामाथि शंका उत्पन्न भएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, “आयोगका अध्यक्षको पूर्वधारणाले आयोगको निष्पक्षतामा आँच आउन नसक्ने विश्वसनीय प्रत्याभूति सार्वजनिक भएको छैन। यस्तो गम्भीर घटनाको छानबिनमा सरकारले औपचारिकता मात्र पूरा गर्न खोजेको धारणा बलियो बन्दै गएको छ, जसले आयोगको प्रतिवेदनको विश्वसनीयता समेत गुमाउने सम्भावना छ।”

कार्कीले सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनका घटनाबारे पूर्वनिर्धारित टिप्पणी गरेको भन्दै उनले नेतृत्व गरेको आयोगप्रति विभिन्न निकायबाट आलोचना हुँदै आएको छ।

त्यस्तै, बार एसोसिएसनले प्रहरीको मनोबल खस्किने कार्य रोक्न सरकारलाई आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “प्रहरीको मनोबल खस्काउने हर्कत रोक्नुपर्छ। आवेश, आक्रोश र अराजकताले हत्या, हिंसा र प्रतिहिंसाको दुश्चक्र निम्त्याउँछ। दीगो शान्ति संवाद र सहकार्यबाट मात्र सम्भव छ, त्यसका लागि सरकारले व्यापक संवादको पहल गर्नुपर्छ।”

साथै, बारले सर्वोच्च अदालतको काम कारबाही शीघ्र सुरू गर्न र बार भवन निर्माणका लागि सर्वोच्च अदालत परिसरभित्र जग्गा उपलब्ध गराउन माग गरेको छ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ४ : २९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल