१० भदौ २०८३, बुधबार | August 26, 2026

टी-२० विश्वकप छनोट : नेपाल आज कुवेतसँग भिड्दै



काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोली आज कुवेतसँग प्रतिस्पर्धा गर्न तयारी अवस्थामा छ ।

नेपालसहित ९ राष्ट्रले सहभागीता जनाएको यो प्रतियोगिता एसिया क्षेत्रको महत्वपूर्ण छनोट हो, जसबाट शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकप-२०२६ मा स्थान पाउने छन् ।

समूह ‘बी’ मा रहेको नेपालले आज कुवेतसँग पहिलो खेल खेल्दैछ भने यही समूहमा जापान पनि सामेल छ । नेपाल र कुवेतबीचको भिडन्त बुधबार राति ८ः४५ बजे सुरु हुनेछ ।

नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने तालिका रहेको छ । कुवेतसँग अघिल्ला खेलहरूमा नेपालले मिश्रित नतिजा निकालेको छ भने जापानसँग भने यो पहिलो भिडन्त हुनेछ ।

यस प्रतियोगिताको समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार, र समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ रहेका छन् ।

नेपालले यसअघि युएईमा वेस्ट इन्डिजविरुद्धको सिरिज जितेर र ओमानमा भएका दुई अभ्यास खेलमा लगातार जित हात पारेपछि उच्च आत्मविश्वासका साथ प्रतियोगितामा उत्रिँदैछ ।

सिङ्गल राउन्ड रोविन ढाँचामा हुने यो छनोटमा समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन्, जहाँबाट शीर्ष तीन टोलीले आगामी वर्षको आईसीसी टी-२० विश्वकप-२०२६ का लागि आफ्नो यात्रा सुनिश्चित गर्नेछन् ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ७ : ४१ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट