२२ भदौ २०८३, सोमबार | September 7, 2026

कुशल भुर्तेलको अर्धशतकमा नेपालले कुवेतलाई १४२ रनको लक्ष्य दियो



काठमाडौं । ओपनर कुशल भुर्तेलको उत्कृष्ट अर्धशतकको बलमा नेपालले आईसीसी टी-२० विश्वकप एसिया-प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा कुवेतविरुद्ध १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार ओमानको अल अमेरातमा टस जितेर फिल्डिङ रोजेको कुवेतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४१ रनको योगफल बनायो ।

नेपालका ओपनर कुशल भुर्तेलले सुरुदेखि अन्तिम ओभरसम्म उत्कृष्ट प्रदर्शन गर्दै ५६ बलमा तीन चौका र तीन छक्कासहित ६६ रन बनाए । यो उनको टी-२० अन्तर्राष्ट्रिय करियरको १२औँ अर्धशतक हो । उनलाई अन्तिम (२० औँ) ओभरको पाँचौँ बलमा कुवेतका अनुदीप चन्दमाराले बोल्ड गरे ।

त्यसअघि, आक्रामक ब्याटिङ गर्दै गुल्सन झाले ६ बलमा तीन छक्कासहित २० रन जोडे । दीपेन्द्रसिंह ऐरीले पनि २० रन बनाए भने कप्तान रोहितकुमार पौडेलले १६ रनको योगदान दिए। बाँकी ब्याटरहरू दोहोरो अंकसम्म पुग्न सकेनन् ।

कुवेतका बलरहरूमा अनुदीप चन्दमार र नविनराज राजेन्द्रनले समान दुई-दुई विकेट लिए भने मोहम्मद अस्लम र मोहम्मद फारुकले एक-एक विकेट झारे ।

ओमानको अल अमेरातमा आजदेखि सुरु भएको यो प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । उक्त समूहमा नेपालसँगै कुवेत र जापान रहेका छन् । नेपालले समूह चरणको दोस्रो खेल जापानविरुद्ध शुक्रबार अल अमेरतमै खेल्ने तालिका छ ।

छनोटपूर्व तयारीका क्रममा नेपालले युएईमा भएको तीन खेलको टी-२० शृंखलामा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई २-१ ले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको थियो । त्यसपछि ओमानमा भएको अभ्यास खेलमा पनि नेपालले शतप्रतिशत जित दर्ता गरेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १० : २५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार