१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

आईसीसी विश्वकप छनोट : जापानविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल



काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया-प्यासिफिक क्षेत्रीय फाइनलको दोस्रो खेलमा नेपालले जापानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । शुक्रबार ओमानको अल अमेरातमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जित्दै फिल्डिङ रोजे र जापानलाई ब्याटिङको निम्ति आमन्त्रण दिए ।

नेपाल आज लगातार दोस्रो जितको खोजीमा मैदानमा उत्रिएको छ। यसअघि समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको थियो । उता, जापानले पनि पहिलो खेलमा कुवेतमाथि पाँच विकेटको जित दर्ता गर्दै बलियो प्रदर्शन गरेको थियो । त्यसैले आजको भिडन्त समूह ‘बी’ को शीर्ष स्थानका लागि महत्वपूर्ण मानिएको छ ।

विश्वकप छनोट प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका नौ टोली सहभागी छन् । ती टोलीलाई प्रत्येक समूहमा तीन-तीन टिम रहने गरी तीन समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहका शीर्ष दुई टोली सुपर-६ चरणमा प्रवेश गर्नेछन् । सुपर-६ चरणको शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपका लागि आफ्नो स्थान सुनिश्चित गर्नेछन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ३ : ४९ बजे

निष्पक्ष निर्वाचनका लागि सम्यक सञ्चार

काठमाडौँ । विकसित देशहरुमा मतदाताले आफ्ना उम्मेदवारहरुसँग प्रायः सञ्चारमाध्यम (मिडिया)

भक्तपुर-२ का एमाले नेताकार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । भक्तपुर क्षेत्र नं. २ अन्तर्गत विभिन्न स्थानीय तहका

भक्तपुरमा यसरी मनाइँदै छ फागुपर्व

भक्तपुर । वसन्त ऋतुको आगमनसँगै रङहरुको पर्वको रुपमा मनाइने फागुपर्व

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने

फागुपूर्णिमा आपसी प्रेम र एकताको एक विशिष्ट पर्व : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा