२० जेष्ठ २०८३, बुधबार | June 4, 2026

जापानले नेपाललाई दियो १३२ रनको लक्ष्य



काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा जापानले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा शुक्रबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रनको योगफल बनायो ।

जापानका कप्तान केन्डल काडोवाकी फ्लेमिङले उत्कृष्ट अर्धशतकीय प्रदर्शन गर्दै ४६ बलमा ६ चौका र १ छक्कासहित ६० रन बनाए । त्यस्तै, ए. रहमानले २५ बलमा ३ चौकासहित ३१ रनको योगदान दिए । यी दुई ब्याटर क्रिजमा टिक्दा नेपाली बलरहरूका लागि चुनौतीपूर्ण जोडी सावित भएका थिए ।

नेपालका बलरहरूमा सन्दीप लामिछाने र गुलशन झाले समान दुई-दुई विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले एक-एक विकेट हात पारे ।

नेपाल र जापान दुवै टोलीले पहिलो खेलमा कुवेतलाई पराजित गर्दै एक खेल अगावै सुपर सिक्स चरणमा स्थान सुरक्षित गरिसकेका छन् । आजको खेलले समूह ‘बी’ को विजेता र उपविजेताको टुंगो लगाउनेछ ।

सुपर सिक्स चरणमा समूह विजेताले यसै समूहको पराजित टोलीविरुद्धको जितबाट प्राप्त दुई अंक साथमा लैजाने व्यवस्था भएकाले दुवै टोली आजको खेल जित्ने लक्ष्यका साथ मैदानमा छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ५ : ५७ बजे

तापक्रममा वृद्धि, भैरहवामा ४१, नेपालगन्जमा ३९, काठमाडौँमा पनि बढ्यो

काठमाडौँ । नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन : एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै

चार हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयमा रुपन्देहीको वर्चश्व

काठमाडौँ । मुलुकभरका सामुदायिक विद्यालयमध्ये चार हजारभन्दा बढी विद्यार्थी हुनेमा

चोरी भएका सवारीसाधन हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४०

पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द

मुस्ताङ । यहाँको पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द भएको छ