काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एशिया प्यासिफिक छनोटमा नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर सिक्स चरणमा प्रवेश गरेको छ ।
ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गर्यो ।
जितका लागि १३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
नेपालका ओपनर आसिफ शेखले आक्रामक प्रदर्शन गर्दै २१ बलमा सात चौकासहित ३८ रनको योगदान दिए । त्यस्तै, गुल्सन झाले २० बलमा २८ रन र कुशल भुर्तेलले २१ रन जोडे ।
जापानका बलरहरूमध्ये शोमा स्लेटरले दुई विकेट लिए, तर टोलीलाई जित दिलाउन असफल रहे ।
यसअघि नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गरेको थियो। लगातार दुई जितसहित समूह विजेता बनेको नेपाल अब सुपर सिक्स चरणमा समूह ‘ए’ र ‘सी’ का शीर्ष टोलीहरूसँग प्रतिस्पर्धा गर्नेछ ।
सुपर सिक्स चरणको शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपका लागि आफ्नो स्थान सुनिश्चित गर्नेछन् ।


















प्रतिक्रिया