१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

जापानलाई पाँच विकेटले हराउँदै नेपाल सुपर सिक्समा प्रवेश



काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एशिया प्यासिफिक छनोटमा नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर सिक्स चरणमा प्रवेश गरेको छ ।

ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गर्‍यो ।

जितका लागि १३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

नेपालका ओपनर आसिफ शेखले आक्रामक प्रदर्शन गर्दै २१ बलमा सात चौकासहित ३८ रनको योगदान दिए । त्यस्तै, गुल्सन झाले २० बलमा २८ रन र कुशल भुर्तेलले २१ रन जोडे ।

जापानका बलरहरूमध्ये शोमा स्लेटरले दुई विकेट लिए, तर टोलीलाई जित दिलाउन असफल रहे ।

यसअघि नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गरेको थियो। लगातार दुई जितसहित समूह विजेता बनेको नेपाल अब सुपर सिक्स चरणमा समूह ‘ए’ र ‘सी’ का शीर्ष टोलीहरूसँग प्रतिस्पर्धा गर्नेछ ।

सुपर सिक्स चरणको शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपका लागि आफ्नो स्थान सुनिश्चित गर्नेछन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ७ : २९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले